श्रीलंकामा पेट्रोल–डिजेलको मूल्य ६ प्रतिशतले वृद्धि



9,000 SHARES

एजेन्सी । श्रीलंका सरकारले पेट्रोल र डिजेलको मूल्य करिब ६ प्रतिशतले बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार कार्यक्रमअनुसार इन्धनमा दिइँदै आएको सरकारी अनुदान क्रमशः हटाउँदै लागतअनुसार मूल्य निर्धारण गर्ने नीतिअन्तर्गत मूल्य समायोजन गरिएको हो।

राज्य सञ्चालित सिलोन पेट्रोलियम निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४१० श्रीलंकाली रुपैयाँबाट बढाएर ४३४ रुपैयाँ तथा डिजेलको मूल्य ३९२ रुपैयाँबाट ४०७ रुपैयाँ कायम गरिएको छ।

विज्ञापन

यो मूल्यवृद्धि आईएमएफले श्रीलंकालाई उपलब्ध गराउँदै आएको २ अर्ब ९० करोड अमेरिकी डलरको सहायता कार्यक्रमअन्तर्गत ६९ करोड ५० लाख डलर बराबरको नयाँ किस्ता स्वीकृत गरेको केही दिनपछि गरिएको हो। हालै आईएमएफ कार्यकारी बोर्डले उक्त रकम जारी गर्ने निर्णय गरेको थियो।

विज्ञापन

राष्ट्रपति नुरा कुमार दिसानायकेले आईएमएफलाई पठाएको पत्रमा आगामी सेप्टेम्बरसम्म इन्धन अनुदान पूर्ण रूपमा हटाइने उल्लेख गरिएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा दबाब बढ्दा आयातित इन्धनमा निर्भर श्रीलंकाको अर्थतन्त्र थप चुनौतीमा परेको छ। बढ्दो ऊर्जा लागतले मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति र आर्थिक वृद्धिमा असर पारिरहेको छ।

सन् २०२२ मा करिब ४६ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण भुक्तानी गर्न नसकेपछि आर्थिक संकटमा फसेको श्रीलंका हाल आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयासमा रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय