१९ औं गणतन्त्र दिवस आज, देशभर विविध कार्यक्रम



9,000 SHARES

काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको स्मरणमा आज १९ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानीसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम गरिएका छन् ।

वि.सं. २०६५ साल जेठ १५ गते जननिर्वाचित पहिलो संविधानसभाले सदियौँ पुरानो राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउने परम्परा रहँदै आएको छ ।

विज्ञापन

दिवसको मुख्य समारोह काठमाडौंस्थित सैनिक मञ्च टुँडीखेलमा बिहान ८ बजेदेखि सुरु हुँदैछ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विज्ञापन

यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहे पनि यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने निर्णय गर्नुभएको छ । गणतन्त्रको प्रतीक राष्ट्रपतिको संस्था भएकाले राष्ट्रपतिबाटै सम्बोधन गरिनुपर्ने धारणा राख्दै उहाँले शीतल निवासमा पत्राचार गर्नुभएको बताइएको छ । प्रधानमन्त्री समारोहमा सहभागी हुने भए पनि सम्बोधन भने नगर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गणतन्त्र दिवसका अवसरमा लोकतन्त्र र नागरिक अधिकारका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिनुका साथै विभिन्न आन्दोलनमा योगदान पुर्‍याउने अग्रजहरूको योगदानको स्मरण गरिँदैछ ।

गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भई १९ औं वर्षमा प्रवेश गरिरहेको अवस्थामा नागरिकका अपेक्षा थप बढेका छन् । राजनीतिक परिवर्तनपछि अब आर्थिक विकास, सुशासन, रोजगारी सिर्जना र जनताको जीवनस्तरमा सुधार ल्याउनु वर्तमान व्यवस्थाको प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय