देशैभर आजदेखि लगातार चार दिन सार्वजनिक बिदा



9,000 SHARES

झापा । देशैभर बिहीबारदेखि लगातार चार दिन सार्वजनिक बिदा सुरु भएको छ ।

गृह मन्त्रालयको निर्णय तथा नेपाल सरकारले सार्वजनिक गरेको पूर्वनिर्धारित बिदा सूचीअनुसार बिहीबारदेखि आइतबारसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा अधिकांश शैक्षिक संस्था बन्द रहने भएका हुन् ।

विज्ञापन

जेठ १४ गते बिहीबार इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । त्यसैगरी, जेठ १५ गते शुक्रबार पर्ने गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमार्फत सार्वजनिक बिदा घोषणा गरिसकेको छ ।

विज्ञापन

यस्तै, जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले देशभर लगातार चार दिन बिदा परेको हो ।

लगातार बिदा परेसँगै अब सरकारी कार्यालय तथा सार्वजनिक सेवा सम्बन्धी कामकाज सोमबारदेखि मात्र सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय