चौथो कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबलमा दमक र विराटको शानदार जित



9,000 SHARES

झापा । शिवसताक्षी नगरपालिकामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत बिहीबार सम्पन्न दुवै खेल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेका छन् ।

दुधे रंगशालामा सम्पन्न पहिलो खेलमा दमक लखनपुर भेट्रानले मेची भेट्रानलाई ४–३ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको हो । गोल वर्षा भएको खेलमा दमकले पहिलो हाफदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो ।

विज्ञापन

दमक लखनपुरका सुभाष लिम्बू खेलका नायक बने । उनले खेलको २, २१ र २६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । दमकका लागि अर्को गोल तुला मगरले १७औँ मिनेटमा थपेका थिए ।

विज्ञापन

मेची भेट्रानका सुरज लिम्बूले ७औँ मिनेटमा गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए । त्यसपछि दिनेश लिम्बूले ३९औँ मिनेटमा तथा सुरेन्द्र राईले अतिरिक्त समयमा गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उत्कृष्ट प्रदर्शन गरेका सुभाष लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा विराट भेट्रान क्लबले धरान सिटी भेट्रानलाई ३–१ गोल अन्तरले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा धरानले आत्माघाती गोलमार्फत सुरुआती अग्रता बनाएको थियो । खेलको १४औँ मिनेटमा विराटका खेलाडीबाट भएको आत्माघाती गोलपछि धरान अघि बढेको थियो ।

तर विराटले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो । खेलको २०औँ मिनेटमा डेनिम राईले बराबरी गोल फर्काए भने त्यसको दुई मिनेटपछि तिलराम मगरले गोल गर्दै विराटलाई अग्रता दिलाए ।

खेलको अतिरिक्त समयमा धरानका गोलरक्षकले डी–बक्सभित्र फउल गरेपछि विराटले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई डेनिम राईले सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेका डेनिम राई ‘म्यान अफ दि म्याच’ घोषित भए ।

आयोजकका अनुसार बुधबार वर्षाका कारण अवरुद्ध भएको आयोजक दुधे भेट्रान रातो र कनकाई भेट्रानबीचको खेल भोलि दिउँसो २ बजेबाट सञ्चालन हुनेछ ।

त्यसैगरी निर्धारित तालिका अनुसार झिलझिले भेट्रान र बौद्ध भेट्रानबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेल श्रीजंगा भेट्रान र चारपाने भेट्रानबीच हुने जनाइएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार रुपैयाँ तथा उपविजेताले ८१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय