|
9,000 SHARES |
बिर्तामोड । पिताम्बर खड्का ले सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिको फोटो सार्वजनिक गर्दै आफूलाई आत्महत्या गर्न बाध्य बनाइएको आशयको स्टाटस लेखेपछि आत्महत्या गरेका छन्।
झापाको दमक घर भएका ४२ वर्षीय खड्का ग्लोबल आइएमइ बैंक को विराटनगर शाखामा कार्यरत थिए। उनले फेसबुकमा दिपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक तस्बिर पोस्ट गर्दै “तिमीहरूले मलाई मार्यौ” भन्ने आशयको स्टाटस लेखेका थिए।
त्यसको केही समयपछि उनले आफ्नै घरको भुइँतलामा रहेको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार घटना सोमबार साँझ करिब ५ बजेतिर भएको हो। मृतकका बुवा महेश खड्काले छोरालाई झुन्डिएको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनाको कारण र आत्महत्याअघि फेसबुकमा उल्लेख गरिएका व्यक्तिहरूसँगको सम्बन्ध तथा सम्भावित विवादबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











