|
9,000 SHARES |
झापा । झापाको कमल गाउँपालिका–१ इट्टाभट्टा क्षेत्रमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
शनिबार साँझ करिब ६ः३० बजे सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को १० प १४८० नम्बरको मोटरसाइकलले पैदलयात्री कमल गाउँपालिका–१ निवासी ७० वर्षीय शंकर प्रसाद ढुङ्गानालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको बायाँ खुट्टा र कानमा चोट लागेको थियो। उनलाई प्रारम्भिक उपचारका लागि निम्स अस्पताल दमक लगिएको र थप उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड रेफर गरिएको थियो। उपचारकै क्रममा राति ११ः४५ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक कमल गाउँपालिका–१ निवासी ३५ वर्षीय लुडो सतारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल समेत इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










