|
9,000 SHARES |
झापा । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।










