इरानलाई धम्की दिँदै अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा



9,000 SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानप्रति कडा चेतावनी दिँदै चीन भ्रमणमा निस्किएका छन्। चीन प्रस्थानअघि उनले इरानसँगको सम्भावित द्वन्द्व अन्त्य गर्न चीनको सहयोग आवश्यक नरहेको बताएका हुन्।

ट्रम्पले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग विभिन्न अन्तर्राष्ट्रिय विषयमा विस्तृत छलफल हुने जानकारी दिएका छन्।  उनले भने, ‘हामीबीच छलफल गर्न धेरै विषय छन्। स्पष्ट रूपमा भन्नुपर्दा इरान हाम्रो कार्यसूचीमा छैन।’ उनले इरानबारे टिप्पणी गर्दै भने, ‘इरान अहिले हाम्रो नियन्त्रणमा छ। या त हामी सहमतिमा पुग्नेछौँ, नत्र इरान नष्ट हुनेछ।’

विज्ञापन

उनले इरानलाई लक्षित गर्दै दिएको चेतावनीले अन्तर्राष्ट्रिय समुदायमा थप चासो उत्पन्न गरेको छ।

विज्ञापन

चीनको विदेश मन्त्रालयले ट्रम्प मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहने जनाएको छ। झन्डै नौ वर्षपछि अमेरिकी राष्ट्रपति चीन भ्रमणमा गएका हुन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय