सदस्यको निधनपछि शिक्षा सहकारीद्वारा कर्जा मिनाहा



9,000 SHARES

बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले आफ्ना एक सदस्यको निधनपछि कर्जा मिनाहा गरेको छ।

संस्थाका शेयर सदस्य बिर्तामोड–३ निवासी बिरेन्द्र तामाङ को असामयिक निधन भएपछि उनकी श्रीमती अर्पणा थापा मगरलाई १ लाख ३० हजार ८२४ रुपैयाँ कर्जा मिनाहा गरिएको संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले जानकारी दिए।

विज्ञापन

संस्थाका अनुसार तामाङले करिब ९ महिना अघि लिएको ऋण परिवार आर्थिक संकटमा परेपछि मिनाहा गरिएको हो। संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले मृतक परिवारलाई राहत स्वरूप यस्तो निर्णय गरिएको बताए।

विज्ञापन

यसका साथै संस्थाले मृत्यु संस्कार खर्चबापत १३ हजार १०० रुपैयाँसमेत सहयोग उपलब्ध गराएको जनाएको छ। तामाङको २०८२ माघ २१ गते असामयिक निधन भएको थियो।

संस्थाले कर्जा मिनाहासँगै दिवंगत सदस्यप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। मृतक तामाङले सहकारीबाट कुल १ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय