अर्जुनधारामा चोरी गर्ने दुई जना मेची पुलबाट पक्राउ



9,000 SHARES

भद्रपुर । झापाको मेची पुल क्षेत्रबाट चोरी गरेर फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

वैशाख २० गते राति करिब ९:४५ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ निवासी ३२ वर्षीय आसिक आलम र भारत, पश्चिम बंगाल घर भएका अङसार आलम रहेका छन्।

विज्ञापन

उनीहरूविरुद्ध २०८२ मंसिर २ गते अर्जुनधारा नगरपालिका–६ कप्तानबारी स्थित दुर्गा बहादुर पौडेल खत्रीको घरमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनी मा किटानी जाहेरी दर्ता भएको थियो। सोही घटनामा जिल्ला अदालत झापा बाट पक्राउ पुर्जीसमेत जारी भएको थियो।

विज्ञापन

घटनापछि भारततर्फ लुकिछिपी बसिरहेको अवस्थामा रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा बाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई मेची पुल क्षेत्रबाट फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय