भौतारिएका जंगली हात्तीका कारण बुद्धशान्तिका बासिन्दा त्रसित



9,000 SHARES

झापा। झापाको बुद्धशान्ति गाउँपालिकामा जंगली हात्ती भौतारिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

आज बिहान बुद्धशान्ति–२ स्थित जयपुरको मकैबारीमा देखिएका दुईवटा जंगली हात्ती पछि बुद्धशान्ति–४ को जुनेली बस्ती नजिकै रहेको चिया बगान क्षेत्रमा पुगेका थिए। हात्तीहरू बस्ती नजिकै भौतारिन थालेपछि सर्वसाधारण घरबाहिर निस्कन डराइरहेका छन् भने विद्यालय जाने बालबालिकासमेत प्रभावित भएका छन्।

विज्ञापन

स्थानीयका अनुसार हात्तीका कारण खेतबारी, मकैबारी तथा चिया बगानमा क्षति पुग्ने सम्भावना बढेको छ। भीड नियन्त्रण हुन नसके मानव–हात्ती द्वन्द्व थप चर्किन सक्ने खतरा पनि देखिएको छ।

विज्ञापन

सम्बन्धित निकायले स्थानीयलाई हात्ती नजिक नजान, सुरक्षित दूरी कायम गर्न, भीड नगर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ। सुरक्षाकर्मीको समन्वयमा हात्तीलाई सुरक्षित रूपमा जंगलतर्फ फर्काउने प्रयास भइरहेको छ।

इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज प्रहरी नायब निरीक्षक चन्द्र राउतको कमाण्डमा प्रहरी टोली खटिएको छ। टोलीले चिया बगान क्षेत्रमा रहेका हात्तीलाई सुरक्षित रूपमा जंगलतर्फ फर्काउने प्रयास गरिरहेको जनाएको छ। तर बिहान वा दिनको समयमा एक स्थानमा बसेको हात्ती साँझमा मात्रै अर्को स्थान जाने भएकाले तत्कालै हात्तीले उक्त स्थान छाड्ने सम्भावनका नरहेको भन्दै प्रहरीरे स्थानीयलाई सजग भएर घरैमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय