इन्डो–नेपाल यू–१३ टी–२० : ग्रुप ‘बी’का खेल सुरु, विराटनगरविरुद्ध इनारुवालाई १८५ रनको विशाल जित



9,000 SHARES

झापा, अर्जुनधारा । इन्डो–नेपाल यू–१३ टी–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ का खेलहरू बुधबारदेखि सुरु भएका छन्। उद्घाटन खेलमै इनरुवा क्रिकेट क्लबले लायन क्रिकेट एकेडेमी विराटनगरमाथि एकपक्षीय प्रदर्शन गर्दै १८५ रनको फराकिलो जित दर्ता गरेको छ।

अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा सम्पन्न खेलमा इनरुवाले प्रस्तुत गरेको १९६ रनको विशाल लक्ष्य पछ्याएको लायन ८.३ ओभरमै मात्र १० रनमा समेटिँदा खेल पूर्ण रूपमा एकतर्फी बनेको थियो।

विज्ञापन

पहिले ब्याटिङ गरेको इनारुवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रनको मजबुत योगफल तयार गरेको थियो। टोलीका लागि आदित्य राजबारले १६ बलमा ४२ रनको आक्रामक इनिङ्स खेल्दै इनिङ्सलाई गति दिएका थिए। त्यस्तै, प्रिन्स मण्डलले ३० रन र अरमान अन्सारीले २९ रनको महत्वपूर्ण योगदान गरे।

विज्ञापन

लायनका बलरहरूमा रुहान पोखरेल र शाश्वत बस्नेतले समान १ विकेट लिए भने करिथाथा बस्नेतले १ विकेट हात पारे।

जवाफमा लायन क्रिकेट एकेडेमी विराटनगरको ब्याटिङ पूर्ण रूपमा असफल रह्यो। कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् भने राघव खनाल, प्रयुष भट्टराई र मयुर सोनी शून्यमै आउट भए।

इनरुवाका बलरहरूले उत्कृष्ट सामूहिक प्रदर्शन गरे। अरमान अन्सारीले २ ओभरमा ३ विकेट लिँदै खेलको नतिजा एकतर्फी बनाउँदा सुदीप के उरावन र सलमान रैनले समान २/२ विकेट लिए।

यसअघि समूह ‘ए’ बाट बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमी प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्।

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा जारी प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय