राजदूतहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक छलफल, सहकार्य र समृद्धिमा जोड



9,000 SHARES

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक छलफल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार मा आयोजित भेटघाटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घ का प्रतिनिधिहरू सहभागी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

विज्ञापन

भेटका क्रममा राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, उनीहरूले नेपाल सरकारका कार्यक्रमहरूलाई नेपाली जनताको हितमा परिणाममुखी बनाउन सहयोग र समर्थन रहने प्रतिबद्धता जनाएका छन्।

विज्ञापन

प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई पुनः जोड दिँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले विश्वशान्तिलाई साझा प्राथमिकता बनाउनु पर्ने उल्लेख गर्दै विदेशमा रहेका नेपाली श्रमिक र प्रवासी समुदायको सुरक्षा तथा हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। साथै, सुशासन, आर्थिक विकास र नागरिकको जीवनस्तर उकास्ने दिशामा सरकार प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।

छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय