जेन–जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ: रामकुमारी झाँक्री



9,000 SHARES

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री ले जेन–जी आन्दोलनका क्रममा युवाको प्रयोग भएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएकी छन्।

आज बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा एमाले की नेतृका रूपमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई शान्तिपूर्ण भनिए पनि ऐतिहासिक संरचनामा भएको क्षतिबारे जवाफदेहिता खोज्नुपर्ने धारणा राखिन्।

विज्ञापन

उनले सिंहदरबार, सर्वोच्च अदालत जस्ता राज्यका महत्त्वपूर्ण संरचनामा आक्रमण हुँदा पनि केही हुँदैन भन्ने भाष्य गलत सावित गर्नुपर्ने उल्लेख गरिन्।

विज्ञापन

सभामा निर्वाचित भएपछि पहिलो पटक बोल्दै झाँक्रीले युवालाई कसले र कसरी प्रयोग गर्‍यो भन्नेबारे निष्पक्ष अनुसन्धान आवश्यक रहेको र राज्यलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिइन्।

उनले विगतलाई पूर्ण रूपमा सही वा गलत भन्ने दृष्टिकोण पनि उपयुक्त नभएको बताउँदै समाजको विकासक्रमसँगै भएका प्रयासहरूको वस्तुगत मूल्याङ्कन गर्नुपर्ने धारणा राखिन्। साथै, लोकतान्त्रिक शासनकालमा भएका उपलब्धि युवालाई बुझाउन र कमजोरी सुधार गर्न राज्यले पर्याप्त ध्यान दिन नसकेको टिप्पणी गरिन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय