|
9,000 SHARES |
काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको हो । उनीमाथि बलात्कारको आरोप लागेको छ ।
अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै सागर लम्साल विरुद्ध अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










