झापामा २३ जनसंगठनको विरोध: ओली–लेखक गिरफ्तारी ‘पूर्वाग्रहप्रेरित र प्रतिशोधपूर्ण’



9,000 SHARES

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट झापाका २३ वटा जनसंगठनहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएका छन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जनसंगठनहरूले बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा गरिएको उक्त कदमलाई ‘पूर्वाग्रहप्रेरित र प्रतिशोधपूर्ण’ भन्दै आलोचना गरेका हुन्। सरकार गठन भएको २४ घण्टा नबित्दै गरिएको गिरफ्तारीले राजनीतिक द्वन्द्व निम्त्याउने संकेत दिएको उनीहरूको भनाइ छ।

विज्ञापन

विज्ञप्तिमा भक्तपुरस्थित निजी निवासबाटै ओलीलाई पक्राउ गर्नु र कांग्रेस नेता लेखकलाई नियन्त्रणमा लिनु राजनीतिक मुठभेडको सुरुआत हुनसक्ने चेतावनी दिइएको छ।

विज्ञापन

यसैबीच, जनसंगठनहरूले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका उल्लेख गरेका छन्। आयोगका अध्यक्ष कार्कीले पदभार ग्रहण गर्नुअघि नै सामाजिक सञ्जालमा व्यक्त गरेका धारणा पूर्वाग्रही रहेको दाबी गर्दै सोही प्रतिवेदनका आधारमा गरिएको गिरफ्तारीलाई कानुनी आधारविहीन ठहर गरिएको छ।

विज्ञप्तिमा हालको घटनाक्रमलाई भूराजनीतिक प्रभावसँग जोड्दै मुलुकका प्रमुख राजनीतिक शक्तिहरूविरुद्ध योजनाबद्ध षड्यन्त्रको अंश भएको आरोप समेत लगाइएको छ।

जनसंगठन समन्वय संयन्त्रकी संयोजक अनिता कन्दङ्वाका अनुसार २३ वटै जनसंगठनका प्रमुखहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले सरकारलाई चेतावनी दिँदै पक्राउ परेका सबै नेताहरूको तत्काल रिहाइ गर्न माग गरेका छन्।

यसअघि नै एमालेले पक्राउको विरोधमा देशव्यापी आन्दोलन सुरु गरिसकेको छ। हिजो दिउँसो विरोध प्रदर्शन तथा साँझ मसाल जुलुस गरिएको थियो भने आज देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय