बिर्तामोडमा दुई गीत सार्वजनिक : भजन र लोकगीत एकसाथ बजारमा



9,000 SHARES

बिर्तामोड । झापाली गायक तथा संगीतकार नगेन्द्र प्रसाईको स्वर, शब्द र संगीतमा तयार भजन ‘पाथिभरा अम्बे भवानी’ तथा लोकगीत ‘साहुबाकी छोरी’ एक औपचारिक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।

बिर्तामोडस्थित साहित्य चौतारी नेपाल को सभाहलमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष देवीभक्त श्रेष्ठ ले प्रोजेक्टरमार्फत गीत सार्वजनिक गर्नुभयो।

विज्ञापन

उक्त गीतहरूको छायांकन इलामको फिकलसहित झापा जिल्लाका विभिन्न स्थानमा गरिएको हो। म्यूजिक भिडियोमा संजय शिवाकोटी, जीना अधिकारी, शिशिर प्रसाई, मञ्जु धिमाल, निरज पोखरेल र पवन ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ।

विज्ञापन

छायांकन पवन ढकाल र कवि गुरागाईंले गरेका हुन् भने सम्पादन भरत भावुक प्रसाई र कवि गुरागाईंले मिलेर गरेका छन्। कोरसमा भरत भावुक प्रसाई र निरज पोखरेलको स्वर रहेको छ भने निर्माण कमला शिवाकोटीले गर्नुभएको हो।

भक्तिभाव झल्किने ‘जय बोलौँ पाथिभरा अम्बे’ भजनले धार्मिक आस्था र सांस्कृतिक चेतनालाई प्रस्तुत गरेको छ। यस्तै ‘साहुबाकी छोरी’ लोकगीतमा चुड्के भाकाको स्वादसँगै आधुनिक पुस्ताको रुचि समेटिएको निर्देशक भरत भावुक प्रसाईले जानकारी दिनुभयो।

कार्यक्रम गायक तथा संगीतकार प्रसाईकै अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा शिक्षक तथा सर्जक खीलराज शिवाकोटी र गायक प्रसाईलाई निर्देशककी आमा पवित्रा प्रसाईले दोसल्ला ओढाएर सम्मान गर्नुभयो।

कार्यक्रममा वक्ताहरूले गीतको प्रस्तुति, निर्देशन र निर्माण पक्षको प्रशंसा गर्दै युवामाझ लोकप्रिय हुने विश्वास व्यक्त गरेका थिए।

नेपाल पत्रकार महासंघ झापा शाखाका सह–सचिव तथा खबरखेती डटकमका सम्पादक तिलक योञ्जनले म्यूजिक भिडियो अहिलेको पुस्ताको रुचिअनुसार तयार भएको उल्लेख गर्नुभयो।

स्रष्टा प्रसाईले आगामी दिनमा पनि गायनलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले साहित्य चौतारीले प्रतिभा विकासमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्नुभयो।

उक्त म्यूजिक भिडियो ‘नगेन्द्र’ नामक युट्युब च्यानलमार्फत हेर्न सकिने जानकारी प्राविधिक संयोजक निरज पोखरेलले दिनुभयो।

कार्यक्रमको सञ्चालन मोडल तथा साहित्यकार जीना अधिकारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय