बिर्तामोडमा आमाद्वारा नाबालक छोरामाथि क्रूर कुटपिट, आमा पक्राउ



9,000 SHARES

बिर्तामोड । बिर्तामोड नगरपालिका–५ मा आफ्नै नाबालक छोरामाथि कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा एक आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २५ वर्षीया सुमित्रा लामगादे रहेकी छन्। उनले आफ्ना ६ वर्षीय छोरा रुक्सन लामगादेलाई निर्घात कुटपिट गर्नुका साथै चक्कु र ब्लेड प्रयोग गरी यातना दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

विज्ञापन

शनिबार दिउँसो करिब ४ बजेतिर कुटपिट गरिएको बालकको शरीरका विभिन्न भागमा चोटपटक र निलडाम देखिएको छ। बालक पढ्ने सुनगाभा बोर्डिङ स्कुलले आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

विज्ञापन

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको टोलीले बालकको उद्धार गरेको हो। घाइते बालकलाई हजुरबुबाको साथमा उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ।

प्रहरीले आरोपित आमालाई नियन्त्रणमा लिएर क्षितिज सुधार केन्द्रमा राखेको जनाएको छ। मदिरा सेवनपछि उनले छोरामाथि पटक–पटक कुटपिट गर्ने गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस ।
+1
19
+1
1
+1
20
+1
0
+1
71

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय