|
9,000 SHARES |
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई हालै सम्पन्न आमनिर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिनुभएको छ।
प्रधानमन्त्री शरीफले बुधबार राति सामाजिक सञ्जालमार्फत दुवै नेतालाई बधाई दिँदै नेपाली नागरिकले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गर्नुभएको छ।
उहाँले पाकिस्तान र नेपालबीच रहेको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको पनि बताउनुभएको छ।











