मेघालयकाे कोइला खानी विस्फोटमा मर्नेको संख्या २५ पुग्यो, दुई नेपालीको मृत्यु



9,000 SHARES

काठमाडौं । भारतको मेघालय राज्यमा अवैध रूपमा सञ्चालित कोइला खानीमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ।

मेघालयको इस्ट जयन्तिया हिल्स जिल्लास्थित अवैध कोइला खानीमा बिहीबार बिहान डायनामाइट विस्फोट हुँदा ठूलो क्षति भएको हो। इस्ट जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षक विकास कुमारका अनुसार उद्धार टोलीले खानीबाट थप चार शव बरामद गरेसँगै मृतक संख्या २५ पुगेको छ। घटनास्थलमा उद्धार तथा अनुसन्धान कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

विज्ञापन

उक्त खानी मेघालयको उमप्लेङ प्रहरी चौकीको क्षेत्राधिकारभित्र पर्दछ। प्रहरीका अनुसार हालसम्म बरामद २५ शवमध्ये १७ जनाको सनाखत भइसकेको छ। सनाखत भएका शवहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको छ।

विज्ञापन

यस घटनामा दुई जना नेपाली नागरिकको समेत मृत्यु भएको पुष्टि भएको छ। खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका–१, बराहपोखरी सालघारीका एकै घरका दाइ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गीको विस्फोटमा परी ज्यान गएको हो।

घटनाले अवैध खानी सञ्चालनको जोखिम र मजदुरको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय