|
9,000 SHARES |
झापा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको माघ ७ गते बसेको बैठकले चैत १९ गतेदेखि एसइई सञ्चालन गर्ने निर्णय गरेको हो।
बोर्डले यसअघि चैतको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि निर्वाचनका कारण परीक्षा मिति सारिएको जनाएको छ।
बोर्डका अनुसार एसइई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।










