|
9,000 SHARES |
झापा। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार घटेको मूल्य शुक्रबारदेखि लागू भएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ३६ रुपैयाँ कायम गरिएको छ ।
इन्डियन आयल कर्पोरेसन ९आईओसी० बाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको नेपाल आयल निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।










