अपाङ्गता मैत्री संरचना निर्माणको माग गर्दै दमक नगरलाई ध्यानकर्षण पत्र



9,000 SHARES

दमक। झापाका ४ वटा अपाङ्गता संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले दमक नगरपालिकालाई पहुँच युक्त भौतिक संरचना निर्माण गर्न ध्यानकर्षण पत्र बुझाएका छन्।

दमक अपाङ्ग सहयोग समितिका सचिव मदन बोहोराले बताएअनुसार, नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भटराई प्रसाईलाई अपाङ्गता मैत्री योजना बनाइ नगरका भौतिक पूर्वाधार सबैका लागि पहुँचयोग्य बनाउने माग राखिएको छ।

विज्ञापन

संघ संस्थाका प्रतिनिधिहरू—अपाङ्ग सहयोग समितिका कार्यवाहक अध्यक्ष मनमाया तिम्सिना, पूर्वाञ्चल बहिरा संघ अध्यक्ष रमेश श्रेष्ठ, अटिजम सोसाइटी झापाका अध्यक्ष रमेश रिजाल र आदिवासी महिला अपाङ्गता संघ दमककी सचिव पुनम भुजेल—ले संयुक्त रूपमा पत्र हस्तान्तरण गरेका थिए।

विज्ञापन

पत्र बुझिसकेपछि नगर प्रमुख थापा र उपप्रमुख भटराईले अपाङ्गता भएका व्यक्तिहरुको माग कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।

तर, अपाङ्गता संघ संस्थाका अभियान्ताहरुले चेतावनी दिएका छन्—यदि हाम्रा माग पुरा नभए, चार संघ संस्था चरणबद्ध आन्दोलनमा जाने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
2
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय