|
9,000 SHARES |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन का लागि समानुपातिकतर्फ पाँचजना कलाकारलाई उम्मेदवार बनाएको छ।
रास्वपाले गायक तथा अभिनेता प्रकाश सपूत, गायिका त्रिशला गुरुङ, अभिनेता तथा रियालिटी शो प्रस्तोता आशिफ शाह, नायिका तथा रियालिटी शो प्रस्तोता रिमा विश्वकर्मा र गायिका सत्यकला राई लाई बन्दसूचीमा समावेश गर्दै समानुपातिक उम्मेदवार बनाएको हो।
पार्टीले सार्वजनिक गरेको बन्दसूचीअनुसार आशिफ शाह मुस्लिम क्लस्टरमा, सत्यकला राई र त्रिशला गुरुङ जनजाति क्लस्टरमा रहेका छन्। यस्तै, प्रकाश सपूत र रिमा विश्वकर्मा दलित क्लस्टरमा सूचीकृत छन्।
यसैबीच, रिमा विश्वकर्मा उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी जानकारी दिइएको छ।










