सिङ्गिङ एण्ड डान्सिङ ईष्ट सुपर स्टारको उपाधि यमुना र स्मृतिलाई



9,000 SHARES

बिर्तामोड । गत साउन महिनाबाट सुरु भएको सिङ्गिङ एण्ड डान्सिङ ईष्ट सुपर स्टार पहिलो संस्करणको शनिबार साँझ सम्पन्न फाइनलबाट गायन र नृत्य विधातर्फका विजेता घोषणा भएका छन्।

पूर्वी नेपालका सबै जिल्लामा अडिसन सञ्चालन गर्दै सुरु गरिएको शोको फाइनल चरणमा दुवै विधातर्फ आठ–आठ जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

विज्ञापन

गायन विधातर्फ यमुना तिवारीले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि हात पारिन्। सुग्यान खनाल फस्ट रनरअप र मनोज क्षेत्री सेकेन्ड रनरअप घोषित भए। उपाधि विजेतामध्ये मनोज क्षेत्री भारतको कालेबुङका हुन् भने अन्य सबै विजेता तथा उपविजेता झापा जिल्लाका रहेका छन्।

विज्ञापन

नृत्य विधातर्फ स्मृति मगरले उपाधि जितिन्। समिर लिम्बु फस्ट रनरअप र निश्चल राई सेकेन्ड रनरअप बने।

प्रत्येक विधाका विजेताले नगद तीन लाख रुपैयाँ, फस्ट रनरअपले नगद एक लाख पचास हजार रुपैयाँ र सेकेन्ड रनरअपले नगद एक लाख रुपैयाँसहित आकर्षक ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

नृत्य विधातर्फकी उपाधि विजेता स्मृति मगर

आयोजक संस्थाका अध्यक्ष सन्तोष आले मगरका अनुसार गायन विधाका विजेताले व्यावसायिक गीत गाउने अवसर पाउनेछन् भने नृत्य विधाका विजेताले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन्।

प्रतियोगितामा गायन विधातर्फ हस्त परियार, उत्तमजंग लिम्बू र कमला नेम्बाङ निर्णायकको भूमिकामा रहेका थिए। नृत्य विधातर्फ राज सुब्बा लावती, ज्ञानु सुब्बा र आशिष लिम्बु निर्णायक रहेका थिए।

कार्यक्रमले पूर्वी नेपालका नवप्रतिभाशाली गायन तथा नृत्य कलाकारलाई राष्ट्रिय पहिचान दिलाउने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0

Author

तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय