अर्जुनधारा १ मा यो बर्ष पनि ‘सयपत्री साँझ’ हुने, बर्ष व्यक्ती सम्मान गरिने

अर्जुनधारा । झापाको अर्जुनधारामा दशैं, तिहार लगायत पर्वको अवसर पारेर ‘सयपत्री साँझ २०८१’ हुने भएको छ ।

अर्जुनधारा-१ सिस्नेस्थित सयपत्री युवा समुहले बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको हो । विगतका बर्षहरुदेखिनै सयपत्री साँझ संचालन गरेको समुहले यो बर्षपनि निरन्तरता दिएको समुहका अध्यक्ष पवन खनालले जानकारी दिनुभयो ।

कार्यक्रमलाई रोजगारीको शिलसिलामा दक्षिण कोरीयामा रहेका अर्जुनधारा-१ का स्थानीय युवाहरुले मुख्य प्रायोजक गर्ने अध्यक्ष खनालले बताउनुभयो ।


शयपत्री साँझ २०८१ अन्तर्गतको बृहत साँस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुसंगै स्थानीय कलाकारहरुले सांगीतिक तथा साँस्कृतिक प्रस्तुति दिने खनालले बताउनुभयो ।

कार्यक्रममा निरन्तर सामाजिक कार्यमा क्रियाशील एक जना अग्रज व्यक्तिलाई बर्ष व्यक्ती सम्मान प्रदान गरिने उहाँले जानकारी दिनुभयो । समुहले विगतदेखिनै सयपत्री साँझको अवसर पारेर पत्येक बर्ष एक जना सामाजिक योगदान दिएका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

असोज २५ गते साँझ नमुना मंगलाबारे बजार परिसरमा हुने कार्यक्रको तयारी थालिएको आयोजकले बताएको छ ।कार्यक्रमको तयारी स्वरुप आज आयोजक समुहले स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिभि र स्थानीयहरुसंग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
94
सम्बन्धित

लोकप्रिय

लोकप्रिय