जब बन्द कोठाको फ्रिजभित्र टुक्रा टुक्रा पारिएको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं । भारतको बैंगलोरस्थित व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइपलाइन रोडको तीनतले भवनबाट खपिनसक्नुको दुर्गन्ध आउन थालेपछि अन्य कोठामा बस्नेले घरमालिकलाई खबर गरे । यो  कुरा चार दिनअघि सेप्टेम्बर २० को थियो ।

सो कोठामा भारतीय महिला २९ वर्षीया महालक्ष्मी बस्दै आएकी थिइन् । कोठाको बाहिर चाबी लगाइएको थियो । सूचनापछि आफ्नो घरमा पुगेका घर मालिक पनि खपिनसक्नुको दुर्गन्धले आत्तिए । त्यसपछि उनले दुई वटा काम गरे । पहिलो काम थियोे, प्रहरीलाई खबर । अनि दोस्रो काम थियो, कोठाभाडा सम्झौता गर्दाको विस्तृत विवरणको खोजी । कोठाभाडा सम्झौता गर्दा महालक्ष्मीले आकस्मिक सम्पर्कका लागि बैंगलोरबैंगलोरमा बस्ने आफ्ना आमा र बहिनीको फोन नम्बर राखेकी थिइन् । घरधनीले महालक्ष्मीकी आमालाई फोन गरेर महालक्ष्मी बस्ने कोठा बन्द रहेको र दुर्गन्ध आइरहेको कुरा सुनाए ।

घरधनीको कुराले महालक्ष्मीकी आमा पनि आत्तिइन् । कारण थियो, महालक्ष्मी र उनकी आमाको १९ दिनदेखि कुरा भएको रहेनछ । त्यसपछि उनी आफूसँग पनि भएको कोठाको चाबी लिएर अर्की छोरीसँगै महालक्ष्मी बस्ने घर पुगिन् ।


जब प्रहरीको रोहवरमा कोठा खोलियो, खपिनसक्नुको दुर्गन्थ थप फैलियो । अनुसन्धानका क्रममा कोठाभित्र महालक्ष्मीको हत्या गरी कोठामा रहेको १६५ लिटर मोडलको सिंगल डोर फ्रिजभित्र उनको शव ३० देखि ४० टुक्रामा राखेको भेटियो । यतिमात्रै नभई भुईंमा पनि जताततै शवका टुक्रा छरिएको अवस्थामा भेटियो ।

घटनास्थलको दृश्य यति भयानक थियो कि बैंगलोर प्रहरीसमेत छक्क पर्‍यो । शवका टुक्रा संकलन गर्न बैंगलोरको फोरेन्सिक टोली एक्लैले नसकेर सरकारी अस्पतालका मेडिकल स्टाफलाई समेत बोलाउनु परेको थियो ।

शवका टुक्रा संकलन गरेपछि प्रहरी लाग्यो अनुसन्धानतर्फ । त्यस क्रममा महालक्ष्मीको ओछ्यानमा मोबाइल फेला पर्‍यो । मोबाइलको सीडीआर अर्थात् कल डिटेल रेकर्ड जाँच गर्दा यो फोनबाट अन्तिम कल २ सेप्टेम्बरमा भएको पाइयो । त्यसयता उक्त मोबाइलबाट कुनै नम्बरमा फोन गएको वा कुनै नम्बरबाट फोन आएको पाइएन ।

घटना विश्लेषणपछि बैंगलोर प्रहरीले महालक्ष्मीको हत्या सेप्टेम्बर २ र ३ को बीचमा गरिएको अनुमान गरेको छ । तर अनुसन्धानको मुल पश्न थियो– महालक्ष्मीलाई कसले र किन यति निर्ममतापूर्वक हत्या गर्यो रु वास्तविक हत्यारा को हो ? बैंगलुरु प्रहरीले अहिले सुक्ष्म ढंगले घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्मको अनुसन्धानअनुसार अनुसन्धानको सुईं उनकी श्रीमान हेमन्त दासतर्फ अघि बढिरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार महालक्ष्मीकी आमा र बहिनीसँग प्रारम्भिक सोधपुछ गर्दा सन् २०१९ मा महालक्ष्मीको विवाह हेमन्त दास नामका नेपाली केटासँग भयो । विवाहपछि दुवै जना रोजगारी र राम्रो जीवनको आशा लिएर नेपालबाट भारतको बैंगलोर पुगेका थिए । त्यहाँ हेमन्तले मोबाइल पसलमा काम गर्न थाले भने उनकी पत्नी महालक्ष्मीले प्रख्यात् मलको सौन्दर्य पसलमा सेल्सवुमन टिम लिडरको काम पाइन् । उनीहरू बैंगलोरको नीला मंगला क्षेत्रमा भाडाको घरमा बस्न थाले । केही समयपछि छोरी जन्मियो ।

विवाहपछि उनीहरूको जीवन ठीकठीकै चलिरहेकोमा सन २०२३ मा हेमन्त र महालक्ष्मी अलग्गिए । छोरी भने हेमन्त दाससँग बस्थिन् । उनी छोरीलाई भेट्न १५–२० दिनको अन्तरमा जान्थिन् ।

अनुसन्धानअनुसार हेमन्त र महालक्ष्मीबीच सम्बन्ध बिग्रनुको कारण हेमन्तले श्रीमतीमाथि शंका गर्नु नै थियो । हेमन्तले महालमक्ष्मी र उत्तराखण्डमा हेयर ड्रेसल काम गर्ने अशरफबीच प्रेम चलिरहेको आशंका गरेका थिए । यो विषयमा उनीहरुबीच धेरै झगडा पनि हुने गरेको थियो । झगडा उत्कर्षमा पुगेपछि ९ महिनादेखि उनीहरु अलग अलग बस्दै आएका थिए । त्यसो त सुरुमा महालक्ष्मी आमा र बहिनीसँग बसेकी थिइन् । ५ महिनायता भने उनी एक्लै भाडाको घरमा बसिरहेकी थिइन् । लोकपथबाट साभार

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
65
सम्बन्धित

लोकप्रिय

लोकप्रिय