इलाममा श्रीमान-श्रीमती मृत फेला

झापा । इलामको सन्दकपुरमा एक दम्पती मृत फेला परेका छन् ।श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

सन्दकपुर–१ भित्ते बस्ने वर्ष अन्दाजी ४६ का उजबहादुर राई र उनकी श्रीमती वर्ष अन्दाजी ४० की फुलमाया राई मृत फेला परेका हुन् ।

घरदेखि अन्दाजी १५ मिटर दक्षिणमा रहेको गोरेटो बाटोमा फेला परेकी फुलमायाको टाउकोको पछाडि भागमा गहिरो चोट रहेको छ भने उजबहादुर उक्त घटनास्थलदेखि अन्दाजी ५० मिटर दक्षिण खोल्सामा रहेको निवाराको रुखको हाँगामा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएका छन् ।


त्यस वडाका वडा अध्यक्षले आज बिहान ७ बजे घटनाबारे प्रहरीलाई खबर गरेका थिए । अजबहादुर र फुलमाया मात्र घरमा बस्ने गरेका थिए । उनीहरुका जेठा छोरा वैदेशिक रोजगारमा रहेका छन् भने कान्छा छोरा रोजगारकै क्रममा फिक्कलमा छन् । घटनाबारे अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
112
सम्बन्धित

लोकप्रिय

लोकप्रिय