मोटरसाइकलले ठक्करबाट बिर्तामोडमा एक पैदलयात्रीको मृत्यु

बिर्तामोड । झापको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका यामबहादुर लिम्बूको उपचारको क्रममा आज बिहान ०२ः४० बजे बिएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-६ कुमारीचोकमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१३ प २८०९ नम्बरको मोटर साइकलले पैदलयात्री बिर्तामोड-६ बुट्टाबारीका ६२ वर्षीय लम्बूलाई ठक्कर दिएको थियो ।


ठक्कारबाट लिम्बूको टाउको र खुट्टामा चोट लागेरको प्रहरीले जनाएको छ । उनलाई तत्काल बिएन्डसी अस्पताल ल्याएर उपचार भइरहे पनि आज बिहान मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालक बुद्धशान्ति-४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
84
सम्बन्धित

लोकप्रिय

लोकप्रिय