विश्वकप लिग २ : नेपालले ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।  मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ।

क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप हारबाट जोगिन आज जित्नै पर्ने दबाब छ।  नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ।

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो।


क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो। घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ।

लिग २ को आफ्नो दोस्रो सिरिज खेलिरहँदा ७ मध्ये केवल १ जित हात पारेको नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। ६ खेलमा ५ अंक जोडेको ओमान छैठौं स्थानमा छ। ११ खेलमा १४ अंक जोडेको घरेलु टोली क्यानडा शीर्ष स्थानमा छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
73
सम्बन्धित

लोकप्रिय

लोकप्रिय