जिल्ला प्रहरी धनुषाको हिरासतबाट भागेका ७ जना पक्राउ, २ अझै फरार

जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट भेन्टिलेसनको रड काटेर फरार भएका ९ जना थुनुवामध्ये ७ जना पक्राउ परेका छन्।

लागुऔषध मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर पक्राउ परेका हुन्। उनीहरुलाई धनुषाको लखौरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

यसअघि आजै लखौरीबाट लागुऔषध मुद्दा आरोपी अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्करकुमार यादव र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरेको थियो।


राति भेन्टिलेसन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट पक्राउ परेका थिए। आइतवार राति हिरासतको भेन्टिलेसन काटेर उनीहरु फरार भएका थिए। जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो। अझै धनुषाको नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल र औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया पक्राउ परेका छैनन्।

एकसाथ ९ जना थुनुवा हिरासत फोडेर फरार भएपछि यससम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनाएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
84
सम्बन्धित

लोकप्रिय

लोकप्रिय