दुर्गा प्रसाईँका दुईजना समर्थक रिहा, चौधरी पक्राउ

बिर्तामोड । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका दुईजना समर्थक आज रिहा भएका छन् ।

आइतबार साँझ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई पक्राउ परेका थिए । उनीहरूलाई बिना धरौटी रिहा गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच आज दिउँसो साढे ४ बजे बिर्तामोड ७, गरामनीस्थित निजी निवासबाट नागरिक प्रतिरक्षा बल (पीडीएफ) का झापा जिल्ला सहसचिव विजय चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको निगरानीमा राखिएको छ ।

यसैबीच दुर्गा प्रसाईँ पक्राउको विरोध गर्दै उनका समर्थकहरूले आज साँझ कनकाईको सुरुङ्गामा मसाल जुलुस निकालेका छन् । साँझ ६:३५बजेदेखि सुरुङ्गास्थित पिपल चोकबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका कनकाई नगर संयोजक सन्तोष प्रसाईँको नेतृत्वमा करिब ३० जनाको उपस्थितिमा विभिन्न नाराहरू लगाउँदै मसाल जुलुस निकालिएको थियो । जुलुसले सुरुङ्गा बजार परिक्रमा गरी मुख्य चोकमा आई कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
134
सम्बन्धित

लोकप्रिय

लोकप्रिय