खबरखेती डटकममा कार्टुनिष्ट ‘माडसाब’का कार्टुनहरु प्रकाशित हुने

विर्तामोड । झापाबाट प्रकाशन हुने खबरखेती डटकममा कार्टुनिष्ट माडसाबको कार्टुनहरु प्रकाशित हुनेछ । इलामको देउमाइ नगरपालिका ४, मंगलबारेमा जन्म भएका कार्टुनिष्ट माडसाबले चिनिनुहुने आशिष खनालले रचना गर्नुभएको कार्टुनहरु खबरखेती डटकम र यसको सामाजिक सञ्जालमा समेत प्रकाशित हुनेछ । उहाँको कार्टुनहरु सिआइएन खबर डटकम लगायतका अनलाइन मिडियाहरु साथै विभिन्न सामाजिक सञ्जालहरुमा प्रकाशित हुने गरेको छ ।

विगत १५ बर्षदेखि काठमाडौं उपत्यकामा शिक्षण पेशा अगाल्नुभएका माडसाब पछिल्लो समय काठमाडौंको कोटेश्वरमा अवस्थित लालीगुँरास बाटिका सेकेण्डरी स्कुलमा विगत १० बर्षदेखि शिक्षण गरिरहनुभएको छ । युवा कार्टुनिष्ट माडसाबले सिर्जना गर्ने कार्टुनमा समसामयिक घटनालाई तिखो व्यङ्ग्य रहने गरेको छ । 

एकासीको गाइजात्रा हास्यव्यङ्य प्रहसनको पोष्टरमा काटुनिष्ट माडसाब (दाँयाबाट दोस्रो)

यस साल प्रज्ञा प्रतिष्ठानमा चलेको एकासीको गाइजात्रा हास्यव्यङ्य प्रहसनमा उनले बालेन शाहको भूमिकामा अभिनय गर्नुभएको थियो । कद र लुक्स काठमाडौं महानगरको मेयर बालेन शाहसँग मिल्ने माड्साबको रुपमा चिनिने कार्टुनिस्ट आषिश खनालसँगको प्रहसनमा एकजना पत्रकारले उनको अन्तरवार्ता लिएको देखाइएको थियो ।


हालसालै कार्टुनिष्ट आशिष खनाल माडसाबले सिर्जना गर्नुभएको केही कार्टुनहरु :

कार्टुनिष्ट : आशिष खनाल ‘माडसाब ‘
कार्टुनिष्ट : आशिष खनाल ‘माडसाब ‘
कार्टुनिष्ट : आशिष खनाल ‘माडसाब ‘
कार्टुनिष्ट : आशिष खनाल ‘माडसाब ‘

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
171
प्रदीप सिंजाली मगर
प्रदीप सिंजाली मगरhttps://pradipsinjalimagar.wordpress.com/
प्रतिक्रियाको लागि सुर्योदय नगरपालिका वडा नं. १४ इलाममा बस्ने उनलाई इमेल माध्यमबाट [email protected] मा र यहाँ उल्लेखित सामाजिक सञ्जालहरुबाट पनि सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय