न्युयोर्कमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको भेट

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्वाडको बैठकमा सहभागी हुनका लागि न्ययोर्कमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कको लोट्टे प्यालेस होटलमा भेटवार्ता भएको छ।

स्थानीय समयानुसार आइतबार साँझ साढे पाँच बजे भएको भेटका अवसरमा नेपाल-भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्।

एक्समा मोदीले लेखेका छन्,’प्रधानमन्त्री केपी ओलीसँग न्युयोर्कमा निकै राम्रो भेट भयो। भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाएर अघि लैजान चाहन्छौं। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो।’ उनले ओलीसँगको भेटका तस्बिर साझा गर्दै लेखेका छन्।


फेसबुकमा निकै सक्रिय रहने गरेका केपी शर्मा ओलीले मोदीसँगको भेटका बारेमा केही उल्लेख गरेका छैनन्। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन गएका ओली न्युयोर्कमा रहेको अवसरमा मोदीसँग निकै प्रयासपछि होटलमा साइडलाइन वार्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
52
सम्बन्धित

लोकप्रिय

लोकप्रिय