हल्दिवारीमा एक घर जलेर नष्ट, १२ लाखको क्षति

झापा । गएराति भएको आगलागीबाट झापाको हल्दिवारीमा एक घर जलेर नष्ट भएको छ ।

राति अन्दाजी १ः३० बजेको समयमा हल्दिबारी–३ रमाईलो चोक निवासी ताराबल्लब गिरीको काठको घरमा भएको आगलागीबाट घर पूर्र्ण रुपले जलेर नष्ट भएको हो । घरमा भएको अन्नपात, लताकपडा, फर्निचरलगायत नष्ट भएको छ भने ९ वटा खसी बाख्रा जलेर मरेका छन् । त्यस्तै एउटा बाच्छो घाइते भएको छ ।

भद्रपुर र मेचीनगरबाट आएका दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा आएको थियो ।आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको बताइएको छ ।


आगलागीको कारण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
118
सम्बन्धित

लोकप्रिय

लोकप्रिय