बिर्तामोडस्थित पुर्व पश्चिम राजमार्गको बिच सडकमा आगजनी

बिर्तामोड । पुर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडस्थित मुख्य सडकबिचमा आगजनी गरिएको छ ।

आज बेलुकी साँढे ८ बजेको समयमा बिर्तामोड नगरपालिका १ स्थित राजगढ स्टेण्डमा राजमार्गकोबिच भागमा २ वटा मोटरसाइकलमा आएका ४/५ जनाको समूहले टायरमा आगो बालेका थिए । आगो बाल्नसाथ उनीहरु फरार भएका थिए ।

ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको छ ।


कस्ले र किन आगजानी गरेको नखुले पनि दुर्गा प्रासाई पक्राउ परेपछि उनका समर्थकहरुले विरोध गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय