रवि लामिछाने पक्राउ पर्ने सम्भावित खतरा टर्यो, सम्बोधनपछि पार्टी कार्यलयबाट बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरु हल्ला मात्रै भएको प्रहरी उच्च स्रोतले बतायो ।

‘छविलालजीलाई जरुरी पक्राउ पूर्जि दिएर पक्राउ गरिएको हो । रविजीलाई आज पक्राउ गर्ने कुनै पनि तयारी थिएन । बाहिर आएका समाचारहरु असत्य हुन्,’ स्रोतले भन्यो । गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पूर्जि थमाएर पक्राउ गरिएको थियो ।

यता रवि लामिछाने भने पार्टी कार्यलयबाट कार्यक्रतालाई सम्बोधन गरेर बाहिरिएका छन् । उनले सम्बोधनको क्रममा प्रहरीले आफुमाथी पक्राउ पुर्जी जारी नगरिएको बताएको भनेका थिए । तर सरकारले जे पनि गर्न सक्ने भन्दै उनले कार्यक्रतालाई हाइअर्लटमा बस्न निर्देशन दिए ।


रविलाई चाँडै पक्राउ गर्ने तयारी भने छ । जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ गरिने स्रोतले बतायो ।

प्रहरीले कुनै पनि आरोपि भाग्न सक्ने खतरा देखेमा अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पूर्जि दिएर नियन्त्रणमा लिन सक्छ । रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
46
सम्बन्धित

लोकप्रिय

लोकप्रिय