दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । उनलाई प्रहरीले आजै निजी निवासबाट पक्राउ गरेको थियो ।

प्रसाई साइवर मुद्धामा पक्राउ परेका हुन् । प्रसाईंलाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको थियो।

प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गतसाता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो।


प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै रास्वपाकी केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
71
सम्बन्धित

लोकप्रिय

लोकप्रिय