ससुराको हत्या गरी फरार रहेका ज्वाइँ पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं.–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनका ज्वाइँ २७ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले मूल घाटबाट आज बिहान १० बजे पक्राउ गरेको इप्रका पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका राई र मृतक आफ्नै ज्वाइँ ससुरा हुन् ।

ससुरा तामाङको हत्या गरी ज्वाइँ रविन फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै डीएसपी दाहालले भने, ‘घरमा दुई जना मात्रै हुनु र घटनापछि एकाएक बेपत्ता हुनुले पनि उनकै संलग्नता रहेको हो कि भनेर अनुसन्धान थालेका थियौँ ।


हत्या गरेर रविन भोगेको र खोज्दै जाँदा मूलघाटमा आज बिहान भेटिएपछि नियन्त्रणमा लिएका हौँ । पथरी ल्याएर थप सोधपुछ तथा अन्य घटनाका सम्बन्धमा अनुसन्धान गर्ने र पोस्टमार्टमको रिपोर्टले घटना किन भएको हो भन्ने खुल्ने छ ।’

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
56
सम्बन्धित

लोकप्रिय

लोकप्रिय