दुगार्प्र साईंलाई पक्राउ गर्न निवासमै पुग्यो प्रहरी

काठमाडौं । वारेन्ट जारी भएको चारदिनसम्म घरबाट बाहिर ननिस्किएपछि भाइरलम्यान तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरी पुगेको छ ।

पक्राउ पुर्जी जारी भएलगतै प्रहरीले निगरानी बढाएपछि प्रसाईं बाहिर निस्किएका थिएनन् । त्यसैले साइबर ब्यूरो र भक्तपुर प्रहरीको टोली घरमै पुगेको हो ।

मध्यपुर ठीमी ६ कमेरेटारस्थित प्रसाईंको घरको गेट नखुलेपछि केही प्रहरी गेट नाघेरै भित्र गएका छन् । तीन वटा भ्यानमा प्रहरी पुगेका छन् ।


संविधान दिवसको अघिल्लो दिन २ असोजमा पक्राउ पूर्जी जारी भएको थियो । तीन गर्ने प्रसाईंको सर्लाहीमा कार्यक्रम थियो । तर, पक्राउ पर्ने डरले उनी निस्किएनन् । अन्ततः चारदिनसम्म बाहिर नआएपछि प्रहरी पक्राउ गर्न घरमै पुगेको हो ।

साइबर अपराध गरेको कसूरमा काठमाडौं जिल्ला अदालतले बुधबार प्रसाईंसहित ३ युट्यूबरलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि प्रहरीले उनीहरूलाई निगरानीमा राखिरहेको थियो ।

यसअघि गिरफ्तारी दिने बताएका प्रसाईंले पछि भने पक्राउ पुर्जी खारेजीको माग गरिरहेका छन् । आफूले जनताको पक्षमा आवाज उठाएको कारण सरकारले पक्राउ गर्न खोजेको उनको दाबी छ ।

तर, प्रसाईंले चरित्र हत्या गरेको भन्दै यसअघि साइबर ब्यूरोमा उजुरी परेको थियो । सोहीअनुसार विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्न पक्राउ पुर्जी जारी भएको हो ।

नेपालभ्युजबाट : 

पुर्जी जारीपछि घरबाट ननिस्किएका प्रसाईंलाई पक्राउ गर्न प्रहरी निवासमै पुग्यो (फोटोहरू)

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
92
सम्बन्धित

लोकप्रिय

लोकप्रिय