झापाकी समिता र रुपन्देहीका एक पुरुषको ओमनामा दुर्घटनामा परि मृत्यु

बिर्तामोड । ओमानमा कार्यरत झापाकी एकजना महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारुले चलाएको कार दुर्घटना हुँदा झापाकी बुढाथोकीसँगै सारुको पनि मृत्यु भएको हो । एक्कासी अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको दूतावासले जनाएको छ ।


समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् ।

कानुनी प्रक्रिया पूरा गरी समिताको शव नेपाल पठाउने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
157
सम्बन्धित

लोकप्रिय

लोकप्रिय