ममतालाई नरेशले नै हत्या गरेको प्रमाण अदालतमा पेस, १२ वटा पोका बनाएर फालेका थिए शव

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली ममता भट्टको हत्या उनकै श्रीमान् नरेश भट्टले गरेको भन्दै प्रहरीले अदालतमा विभिन्न प्रमाण पेस गरेको छ ।

सीएनएनकाअनुसार नरेशले ममताको हत्या गरी शरीर टुक्रा-टुक्रा पारी फरक-फरक ठाउँमा फालेको प्रमाण प्रहरीले अदालतमा बुझाएको छ । ममता बेपत्ता भएपश्चात् र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले थुप्रैपटक आफ्नो टेस्ला कारमा ठूला-ठूला झोलाहरू बोकेर फरक-फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ ।

उनले कारबाट थैलोहरू झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो ।


नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरू कारमा हालेर टाढा-टाढा लगि व्यवस्थापन गरेको प्रमाण अदालतमा पेस गरिएको छ । एकपटक उनले पुराना लुगा राखिने डोनेसन बक्समा समेत एउटा थैलो फ्याँकेका थिए । त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने म्याट रहेको पाइएको छ, जसमा रगत लत्पतिएको थियो ।

नरेशले ममताको हत्यामा सबै होसियारी अपनाएका थिए, ताकि उनीविरुद्ध कुनै पनि प्रमाणहरू नभेटिऊन् । सीएनएनकाअनुसार प्रहरीले घरमा खानतलासी गर्न आउनुअघि नै लासको व्यवस्थापन गरिवरी घरभित्र पनि सबै सरसफाइ सिध्याएर बसेका थिए ।

फौजदारी उजुरीअनुसार नरेशले घरमा हत्या गरेको र त्यसपछि ममताको शव बेपत्ता पारेको अभियोग छ । प्रहरी अधिकारीले घरमा खोजी गरेपछि उनलाई अगस्ट २२ मा हत्कडी लगाएर पक्राउ गरेका थिए ।

भट्टलाई हत्याको औपचारिक अभियोग भने लगाइएको छैन तर, प्रारम्भिक आपराधिक उजुरीमा भनिएको छ, “जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए ।”

भट्टका वकिलले पनि दम्पत्ति छुट्टिने प्रक्रियामा रहेको स्वीकार गरेका छन् ।

ममतालाई अन्तिम पटक देखिएपछिका दिन

ममताका सहकर्मीहरूले अगस्ट १ गते स्वास्थ्य जाँचका लागि बोलाएपछि प्रहरी अगस्ट २ मा मनसासस्थित दम्पतीको घर गएको थियो ।

ममताले हप्ताको दुई दिन अस्पतालमा काम गर्थिन् र उनी अगस्ट १ र २ मा काम बिना जानकारी काममा नआएपछि अस्पतालमा सहकर्मीले चिन्ता व्यक्त गरेका थिए ।

स्वास्थ्य जाँचको तीन दिनपछि भट्ट पूर्वफेयरफ्याक्स काउन्टी पुलिस भर्ती र पूर्व अमेरिकी सेना रिजर्भ स्वचालित रसद विशेषज्ञले उनी हराएको रिपोर्ट गरेका थिए । अन्वेषकहरूलाई भने, ”नरेशले अन्तिम पटक जुलाई ३१ मा आफ्नी श्रीमतीलाई डिनर टेबलमा देखेका थिए र त्यसपछि उनी सम्पर्कविहीन भएको बयान दिएका छन् ।”

गत महिनाको अन्तमा अदालतको सुनुवाइको क्रममा एक न्यायाधीशले भट्टलाई समुदायको लागि खतरा भएको भन्दै हिरासतमा राख्न आदेश दिएका थिए ।

जुलाई ३० मा अनुसन्धानकर्ताले भनेका थिए, ”भट्टले वालमार्टमा तीनवटा चक्कुको प्याकेट किनेका थिए, जसमध्ये दुईवटा घरमा छैन ।” नेपालभ्युजबाट

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
148
सम्बन्धित

लोकप्रिय

लोकप्रिय