काठमाडौं आउन लाग्दा धनगढी विमानस्थलमै ढलेका बोहोराको ज्यान गयो

काठमाडौं । धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर कैलालीको गोदावरी नगरपालिका–२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढलेर बेहोस् भएका बोहोरालाई तत्काल माया मेट्रो अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए ।


उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
106
सम्बन्धित

लोकप्रिय

लोकप्रिय