दुई सातादेखि हराइरहेका मोरङका एक बालकको कंकाल फेला

झापा । दुई सातादेखि हराइरहेका एक बालकको कंकाल आज फेला परेको छ ।

मोरङ केराबारी गाउँपालिका-६ आहाले बस्ने पदमबहादुर तामाङका १४ वर्षीय छोरा दिपबहादुर तामाङ गत भदौ २३ गते कोही कसैलाई नसोधी घरबाट हिडेका थिए ।

आज दिउँसो १ बजे केराबारीस्थित आहा सामुदायिक वनभित्र उनको कंकाल फेला परेको हो ।


इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इप्रका बेलबारीबाट टोली खटिगई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
66
सम्बन्धित

लोकप्रिय

लोकप्रिय