मोरङबाट ४ लाखको पटाका बरामद

विराटनगर । सशस्त्र प्रहरीले मोरङबाट झन्डै ४ लाख मूल्य बराबरको पटका बरामद गरेको छ। भारतबाट ल्याउँदै गरेको विभिन्न प्रकारका पटका शनिबार बिहान ७ बजेतिर सशस्त्रले बरामद गरेको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काले भारतबाट ल्याउँदै गरेको पटका रंगेली नगरपालिका-६ बाट बरामद गरिएको जानकारी दिए। प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागबाट खटिएको डीएसपी विश्वनाथ जीसी नेतृत्वको टोलीले पटका नियन्त्रणमा लिएको हो। भारतबाट ३ जना व्यक्तिले टाउकोमा बोकेर पटका ल्याउँदै गर्दा सशस्त्रले फेला पारेको थियो। एसपी खड्काले सशस्त्रलाई देख्नसाथ पटका छाडेर उनीहरू फरार भएको जानकारी दिए।

पटका ३ लाख ९१ हजार ५ सय मूल्य बराबरको रहेको उनको भनाइ छ। बरामद गरिएको पटका नष्ट गर्ने प्रक्रिया अघि बढाइएको छ। चाडपर्व नजिकिएसँगै भारतबाट अवैध रूपमा पटकाहरू भित्रिन थालेका छन्। सुरक्षाकर्मीलाई छलेर पटका भित्राउने गरिएको हो।


पटका नियन्त्रणमा लिन र भित्रिन नदिन नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको एसपी खड्काको भनाइ छ। खड्काले पटका ओसारपसार लगायत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी लगायतका निकायसँग समेत समन्वय भइरहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
137
सम्बन्धित

लोकप्रिय

लोकप्रिय