झापामा मिडिया कप २०८१ हुने

बुधबारे । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापामा मिडिया कप २०८१ हुने भएको छ ।

प्रेस क्लब बुद्धशान्तिले दसैँको पर्वको अवसर पारेर जिल्लाका प्रेस क्लबहरुबीच मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा झापाका ६ वटा पालकिास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले बताए । उनका अनुसार प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचिनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च  दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछ ।


मिडिया कपको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उपाध्यक्ष नारायण अर्याललले जानकारी दिए । प्रत्येक खेलमा म्याद अफ दि म्याचको पुरस्कार वितरण गरिने बताइएको छ ।

घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुने अर्यालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसैबिच आजै आयोजकले लक्कीड्र मार्फत खेल तालिकासमेत सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो खेलमा असोज १७ गते आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । सोही दिन पहिलो चरणका ३ खेल हुनेछ ।

पत्रकार सम्मेलनमा क्लबका सचीव रोशन भट्टराई र निवर्तमान अध्यक्ष आयुस निरौलाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
94
सम्बन्धित

लोकप्रिय

लोकप्रिय