यो बर्षको दसैँको टिकाको साइत ११ बजेर ३६ मिनेटमा

बिर्तामोड । यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार राति एक सूचना जारी गर्दै दसैँको साइतहरुबारे जानकारी गराएको हो ।

समितिका अनुसार टिका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ । घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको समितिले जनाएको छ ।

त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ ।


यस वर्ष महाष्टमी र महानवमी एकै दिन असोज २५ गते परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । सरकारी कार्यालयमा झण्डा फेर्न असोज १८ गते ९ः५४ मिनेटको साइत रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
62
सम्बन्धित

लोकप्रिय

लोकप्रिय