चार थान भरुवा बन्दुकसहित एकजना पक्राउ

झापा । ताप्लेजुङमा चार थान भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चाडपर्वलाई पनि लक्षित गरी खटिएको संयुक्त प्रहरी टोलीले आज बिहान अन्दाजी ६बजे ताप्लेजुङ फक्तालुङ–५ बैताङगु एरियातर्फ गस्ती गर्ने क्रममा गोप्य सूचनाको आधारमा स्थानीय जितबहादुर लिम्बूको घर कोठामा खानतलासी गरेको थियो । त्यसक्रममा एक थान एक नाले भरुवा बन्दुक फेला परेको हो ।

त्यस्तै सोही ठाउँमा रहेको देबीस्थान जंगलको ओडारमा बेवारिसे अवस्थामा राखिएको ३ थान भरुवा बन्दुकसमेत बरामद भएको छ । ४ थान भरुवा बन्दुक र लिम्बूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङतर्फ ल्याउँदै गरेको जनाइएको छ ।


सशस्त्र प्रहरी बल, नेपाल नं. १ गुल्म हे.क्वा. कञ्चनजंघा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट चाडपर्वलाई पनि लक्षित गरी संयुक्त गस्ती टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
40
सम्बन्धित

लोकप्रिय

लोकप्रिय