कोशीमाथी एपिएफको गोल बर्षा, कोशीलाई शुन्यमा रोकेर लगायो ८ गोल

काठमाडौं। रश्मिकुमार घिसिङले ह्याट्रिकसहित पाँच गोल गर्दै एन्फा महिला लिगमा एपिएफको अपराजित यात्रालाई कायमै राखेको छ। यो एपिएफको छैटौं जित हो।

उसले पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो। त्यसयता शतप्रतिशत जित हात पार्दै सात खेलबाट १९ अंक जोडेको एपिएफले शुक्रबार कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकालेको हो।

कोशीमाथि गोलको वर्षा हुँदा अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल थपिन्। पाँचौं मिनेटमै अनिता केसीको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको थियो। १९औं मिनेटमा अनिता बस्नेतले अग्रता दोब्बर बनाइन्। त्यसपछि रश्मिले पाँच र बस्नेतले एक गोल बर्साइन्।


५६औं मिनेटमा रश्मिले पहिलो गोल गरेकी थिइन्। ८०औं मिनेटमा बस्नेतले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्। ८१ र ८५औं मिनेटमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि पनि उनी रोकिनन्। ८७औं र ८८औं मिनेटमा दुई गोल थप्दै एपिएफलाई ८-० को सहज जित दिलाइन्। योसँगै रश्मि सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन्। उनले जारी प्रतियोगितामा आफ्नो गोल संख्या ९ पुर्‍याएकी छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
62
सम्बन्धित

लोकप्रिय

लोकप्रिय