प्रधानमन्त्री ओली नेपाली टोलीको नेतृत्व गर्दै अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।

संयुक्त राष्ट्रसंघको महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो। शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो।

प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी हुनेछन्।


प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री असोज १४ गते नेपाल फर्कने तालिका छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
50
सम्बन्धित

लोकप्रिय

लोकप्रिय